लोकतन्त्र दिवसमा एमालेको ‘युवा उत्सव’

 वैशाख ११, २०८२ बिहीबार १५:११:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लोकतन्त्र दिवसका अवसरमा नेकपा (एमाले) ले काठमाण्डाैको भृकुटीमण्डपमा 'युथ सेलिब्रेशन' अर्थात् ‘युवा उत्सव’ को आयोजना गरेको छ ।

अहिले चलिरहेको उत्सव निरङ्कुश राजतन्त्रको अन्त्य भई नागरिकले जितेको दिनका रूपमा मनाएको एमाले निकट युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार स्वदेशमा रोजगारी र समृद्धिका लागि युवाहरूलाई अवसर छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको हो ।

अध्यक्ष थेबेका अनुसार कार्यक्रममा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलबाहेक बाँकी युवा वक्ता रहेका छन् । कार्यक्रम स्थलमा नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन भइरहेका छन् ।

२०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलहरूको मार्गचित्रानुसार २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेकाले नागरिकको जीत भएको खुशीयालीमा लोकतन्त्र दिवस मनाइँदै आएको छ ।

तस्वीर : श्याम काजी खत्रीकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख ११, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया