युक्रेनको राजधानी किभमा रुसी आक्रमण, कम्तीमा ९ जनाको ज्यान गयो

 वैशाख ११, २०८२ बिहीबार १५:११:३८ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

रुसले युक्रेनको राजधानी किभमा गरेको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा नौ जनाको ज्यान गएको छ । रुसी आक्रमणमा अन्य ६३ जना घाइते भएका बीबीसीले जनाएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति वार्ताप्रति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको दृष्टिकोणको आलोचना गर्नुभएको थियो । जेलेन्स्कीले युक्रेनले क्रिमियामा रुसको कब्जा स्वीकार नगर्ने कुरामा जोड दिएपछि ट्रम्पले ती टिप्पणीहरू शान्ति वार्ताका लागि धेरै हानिकारक रहेको बताउनुभएको थियो ।

ट्रम्पले जेलेन्स्कीले सम्पूर्ण देश गुमाउनुअघि अर्काे तीन वर्ष लड्न सक्ने र जेलेन्स्कीले दिएको बयानले युद्धलाई लम्ब्याउने बाहेक केही नगर्ने बताउनुभएको खबरमा उल्लेख छ ।

यसैबीच युक्रेनले पछिल्ला आक्रमणहरूले शान्तिको बाधक रुस हो भन्ने देखाएको बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यले शान्ति प्रयासको सम्मान नगर्ने र केवल युद्ध जारी राख्न चाहेको देखिने युक्रेनी विदेशमन्त्री एन्द्री सिबिहाले सामाजिक सञ्जाल ‘एक्स’ मा बताउनुभएको छ । युक्रेनले पूर्ण र विना शर्त युद्धविराममा जोड दिइरहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया