माइतीघरमा चिकित्सकहरूको प्रदर्शन

 वैशाख ११, २०८२ बिहीबार १८:३१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै चिकित्सकहरूले काठमाण्डाैकाे माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण गरेको उनीहरूको आरोप छ ।

आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय घेराउ गर्न जान लागेका उनीहरूलाई माइतीघरमै प्रहरीले रोकोको छ । त्यसपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आन्दोलनरत चिकित्सकहरूलाई वार्तामा बोलाएर छलफल गर्नुभएको छ ।

यसैबीच मन्त्री पौडेलले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निजी मेडिकल कलेजहरूलाई निर्देशन दिनुभएको छ । उहाँले आयोगले दिएको निर्देशन कार्यान्वयन नगरेसम्म निजी मेडिकल कलेजहरूलाई सरकारले दिने कुनै पनि सुविधा उपलब्ध नगराउने घोषणा गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया