माइतीघरमा चिकित्सकहरूको प्रदर्शन
बैशाख ११, २०८२ बिहिबार
काठमाण्डाै – काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरूले आज २३औं दिन सडकमै रक्तदान गरेका छन् ।
सडकमै नाचगानसहित कहिले सिठी बजाउने, कहिले सडकमै सुत्ने, कहिले कालो मास्क लगाउने जस्ता विरोध शैलीसहित सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज सडकमै रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । शिक्षकहरूले आज बबरमहल–नयाँ बानेश्वर सडक खण्डमा रक्तदान कार्यक्रम गरेका हुन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाण्डौमा प्रदर्शन गर्दै आएका शिक्षकहरू ऐन लिएर मात्रै विद्यालय फर्कने अडानमा छन् । सरकारले वैशाख महिनाभित्र शिक्षकहरूको माग पूरा गर्नेगरी विद्यालय शिक्षा विधेयक पनि पारित गर्ने आश्वासन दिएको छ । तर शिक्षकहरू सरकारको आश्वासनप्रति विश्वस्त हुन सकिरहेका छैनन् ।
शिक्षक महासङ्घको अगुवाइमा भइरहेको आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाण्डाैमा भेला हुँदा सामुदायिक विद्यालयहरू बन्द छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।