सत्ता गठबन्धनमा समस्या छैन : देउवा

 वैशाख १२, २०८२ शुक्रबार १४:४२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदलको कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

थाइल्यान्ड भ्रमणबाट फर्कने क्रममा आज विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा सभापति देउवाले अहिले सत्ता गठबन्धनमा कुनै समस्या नरहेको दाबी गर्नुभयो । सत्ता समीकरण फेरबदल हुन सक्ने भनेर चर्चा भइरहेका बेला उहाँले त्यो हल्ला मात्रै भएको प्रतिक्रिया दिनुभएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफ्नै कारणले छिट्टै ढल्ने बताउँदै आउनुभएको छ । प्रचण्डले नयाँ गठबन्धनबारे कांग्रेस सभापति देउवा स्वदेश फर्किएपछि कुरा हुने समेत बताउनुभएको छ ।

देउवा स्वास्थ्य उपचारका लागि भन्दै गएको आइतवार थाइल्यान्डको बैंकक जानुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया