सगरमाथाको आधारशिविरमा विलासी सामानको प्रयोगले समस्या बढाउँदै
चैत २५, २०८१ सोमबार
अमेरिकाले आफ्नो देशमा आयात हुने वस्तुमा उच्च दरको भन्सार शुल्क लगाएपछि विश्व शेयर बजारमा उच्च गिरावट आएको छ । अमेरिकी भन्सार शुल्कका विरुद्ध चीनले सामान दरको प्रतिक्रिया दिएपछि त्यसको असर विश्व शेयर बजारमा परेको हो ।
शुक्रवारदेखि नै अमेरिका र युरोपका शेयर बजार उच्च अङ्कले घटिरहेकोमा एशियाका शेयर बजारमा पनि उस्तै गिरावट देखिएको बीबीसीले जनाएको छ । आजसम्म विश्वव्यापी रूपमा खर्बौं डलरको स्टक नष्ट भएको छ । लगानीकर्ताहरू सुरक्षित सम्पत्तिमा सरेकाले आज एशियाली इक्विटीहरूले धेरै क्षति बेहोरेका छन् ।
जापानमा निक्केई छ दशमलव पाँच प्रतिशतले घटेको छ । हङकङमा ह्याङ सेङ झन्डै १० प्रतिशत र साङ्घाई कम्पोजिट चार प्रतिशतभन्दा बढी घटेको छ । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पको नयाँ भन्सार दरले शेयर बजार मात्र हैन पेट्रोलियम पदार्थ र सुनको भाउ पनि उच्च दरले घटेको छ ।
साउदी अरेबिया र रूससहितका तेल निर्यातकको सङ्गठन (ओपेक प्लस) ले आपूर्ति बढाउने निर्णय गरेपछि कच्चा तेलको अन्तर्राष्ट्रिय भाउ घटेर प्रति ब्यारेल ६४ डलर भन्दा तल झरेको छ । यो चार वर्षयताकै सबभन्दा कम भएको हो ।
पछिल्लो पटक कोभिड १९ का कारण तेलको माग घट्दा प्रति व्यारेल ६५ डलरमा झरेको थियो । एक वर्ष अघि अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रति ब्यारेल झन्डै ८८ डलर थियो । यस्तै सुनको भाउ पनि घटेको छ ।
आज सुनको भाउ प्रति औंश तीन हजार ३४ डलर भन्दा तल झरेको छ । छ दिन अघि अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औंश तीन हजार एक सय ६७ डलर नाघेको थियो । शेयर लगायतका बजारमा घाटा भएपछि त्यसको पूर्तीका लागि सुन बिक्री गर्ने क्रम बढेपछि सुन भाउ उच्च दरमा घटेको हो ।
विश्व बजार सुस्त भएर आर्थिक मन्दिको संभावना बढे पनि ट्रम्प प्रशासनले आफ्ना नीतिहरू परिवर्तन नहुने भन्दै भन्सार शुल्क अझै बढाउँदै जानेतर्फ अडिग रहेको बताएको बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।