शान्ति सम्झौता नगरे रूसविरूद्ध कडा कदम चाल्ने फ्रान्सका राष्ट्रपतिको चेतावनी

 चैत २५, २०८१ सोमबार १५:२५:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंनले युक्रेनसँग शान्ति सम्झौता गर्न अस्वीकार गरे रूसविरूद्ध कडा कदम चाल्ने चेतावनी दिनुभएको छ । अमेरिका र युरोप शान्ति स्थापनाको पक्षमा रहेको तर रूसले युक्रेनमा बालबालिका र सर्वसाधारण मारिरहेको भन्दै उहाँले युद्ध रोक्न रुस नमानेमा कडा कदम चाल्ने बताउनुभएको अन्तराष्ट्रिय समाचारसंस्था रोयटर्सले जनाएको छ ।

तीन दिन अघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृह सहर क्रिभी रिहमा रूसले मिसाइल आक्रमण गर्दा नौ बालबालिकासहित २० जना सर्वसाधारणको ज्यान गएको थियो । रूस–युक्रेन युद्ध अन्त्यका लागि मध्यस्त गरिरहेको अमेरिकाले शुरुमा ३० दिनको युद्धविराम गर्ने प्रस्ताव गरेको थियो ।

युक्रेनले अमेरिकाको प्रस्ताव शुरूवातमै स्वीकार गरे पनि रूसले सहमति नजनाउँदा युद्धविराम हुन सकेको छैन । रूस उर्जा संरचनामा आक्रमण नगर्न र ब्ल्याक सीमा जहाज सञ्चालन गर्न सहमत भए पनि अस्थायी युद्धविराममा सहमत भएको छैन । म्याक्रोंनले रुस सहमत हुने आशा रहेपनि धैर्यता गुमाउँदै गएको बताउनुभएको छ । 

अन्तिम अपडेट: चैत २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया