यस वर्षको जानकी साहित्य पुरस्कार कवि तथा समालोचक टङ्क पन्थलाई

 चैत २४, २०८१ आइतबार १२:३४:१६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको किरण पुस्तकालय तम्घासले प्रदान गर्ने यस वर्षको जानकी साहित्य पुरस्कार कवि तथा समालोचक डा. टङ्क पन्थलाई प्रदान गरिने भएको छ । छत्रकोट गाउँपालिका दिगामका पन्थलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको किरण पुस्ताकालयका उपाध्यक्ष एवम् पुरस्कार छनौट समितिका संयोजक दीन पन्थीले जानकारी दिनुभयो ।

नेपाली कविता तथा समालोचना विधामा पन्थले गरेको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको संयोजक पन्थीले बताउनुभयो । हरेक वर्ष रामनवमीको अवसर पारेर घोषणा गरिंदै आएको पुरस्कार मोती जयन्तीको अवसरमा प्रदान गर्ने गरिन्छ । पन्थ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको क्याम्पस प्रमुख समेत हुनुहुन्छ ।

साहित्यमा रुचि राख्ने स्वर्गीय जानकी ज्ञवाली गौतमको सम्झनामा उहाँको परिवारले स्थापना गरेको पुरस्कार किरण पुस्तकालयको समन्वयमा गुल्मी जिल्लामा जन्मेर साहित्य सिर्जनामा लग्ने सर्जकलाई हरेक वर्ष प्रदान गरिंदै आएको छ ।

साहित्यकार, समाजसेवी एवम् महिला अधिकारकर्मीको क्षेत्रमा काम गर्दै आउनु भएकी ज्ञवालीको २०७३ साल मङ्सिर १२ गते अल्पायुमै निधन भएको थियो । प्रतिष्ठानको नाममा किरण पुस्तकालय गुल्मीमा दुई लाख एक हजार एक सय ५१ रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । 

अन्तिम अपडेट: चैत २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया