रविमाथि ज्यादती भएको भन्दै रास्वपाले मानव अधिकार आयोगमा ज्ञाप...
चैत २७, २०८१ बुधबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा एक हप्तायता कायम रहेको प्रदूषण घट्ने र बढ्ने भइरहेको छ ।
हिजो दिउँसो केही कम भए पनि रातिदेखि प्रदूषण फेरि बढेको छ । हिजो काठमाण्डौ उपत्यकाको वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ८० आसपासमा थियो । रातिदेखि फेरि दुई सयभन्दा माथि पुगेको छ ।
एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई अस्वस्थ र दुई सयभन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ । वायु प्रदुषणका कारण श्वासप्रश्वाससँगसम्बन्धित समस्याहरु धेरै देखिने गरेका छन् ।
यस्तै दूषित कणहरु फोक्सोबाट रगत हुँदै शरीरका अरु अङ्गमा समेत पुगेर जटिलता ल्याउने डाक्टरहरु बताउँछन् ।
वायु प्रदूषणले वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरीमा धेरै जोखिम हुन्छ । मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका दीर्घरोगी पनि उच्च जोखिममा पर्छन् । अहिलेको जटिल समयमा सकेसम्म घरभित्र बस्न र निस्कनै पर्दा मास्क लगाउन डाक्टरको सुझाव छ ।
यस्तै प्रदूषण अत्याधिक बढेकोले घटाउन सरकारले प्रयास गर्नुपर्ने विज्ञहरु बताउँछन् । तर सरकारी निकायहरुले सावधानी अपाउनु भनेर विज्ञप्ति निकाल्नेबाहेक अरु ठोस काम गरेका छैनन् ।
काठमाण्डौमा यसबेला वायु गुणस्तर खराव हुनुमा यहाँको कचौरा आकारको भौगोलिक स्वरुपले साथ दिएको छ भने कषि अवशेष जलाउने, गाडीको धुवाँ, निर्माण कार्यबाट निस्कने धुलो, वन डढेलो लगायतले प्रदूषण बढाइरहेको छ ।
प्रदूषण बढाउने गतिविधि नगर्न र यसलाई नियन्त्रण गर्नको लागि ठोस योजना ल्याउन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।