हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न प्रतिबन्ध लग...
बैशाख ४, २०८२ बिहिबार
काठमाण्डाै – सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती र मानव अधिकार उल्लङ्घन गरेकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलगायत रास्वपा नेताहरूले आयुक्तहरूलाई भेटेर घटनाबारे जानकारी दिँदै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा रविको जीउज्यान तथा मानव अधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न माग गरिएको छ ।
पत्रमा मुद्दाको न्यायिक प्रक्रियाको विवरण र त्यो दिनको घटनाको विवरण समेटिएको छ । लामिछानेविरुद्ध अस्वाभाविक, अशोभनीय, गैरकानूनी कार्य भएको, प्रहरीले अभद्र शैली अपनाएर अनुमतिविनै घरभित्र प्रवेश गरी शयन कक्षमै पुगेर धरपकड गरेकोलगायत विषय पत्रमा उल्लेख छ । रास्वपाले घटनाको आवश्यक छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेको छ ।
गएको शुक्रवार उच्च अदालत तुलसीपुरकाे बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । उच्चको आदेश जिल्ला नपुग्दै प्रहरीले त्यही राति आफ्नै घरबाट लामिछानेलाई पक्राउ गरेको थियो । लामिछानेलाई एक दिन काठमाण्डौ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर अस्ति सोमवार कारागार चलान गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।