हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न प्रतिबन्ध लग...
बैशाख ४, २०८२ बिहिबार
काठमाण्डौ – महिला लेजेण्ड टी –२० शृङ्खलाको उपाधि सन् २००९ को ब्याचले जितेको छ । २ खेलको शृङ्खला २००९ ले २–० ले जितेको हो ।
भैरहवाको सिद्धार्थ क्रिकेट मैदान हिजो भएको दोस्रो तथा अन्तिम खेलमा २००९ को लेजेण्ड महिला टोली सन् २००७ को ब्याचलाई ८१ रनले पराजित गर्याे ।
टस जितेर ब्याटिङ गरेको २००९ ले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानी १ सय ४१ रन बनाएको थियो । जवाफमा २००७ ले ८ विकेट गुमाएर ६८ रन मात्रै बनायो । पहिलो खेलमा अस्ति सोमवार २००९ ले २००७ लाई ५ विकेटले हराएको थियो ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको योलो ड्रिकिङ वाटरको आयोजना र रुपन्देही क्रिकेट सङ्घको सहआयोजनामा सिरिज भएको हो ।
नेपालमा पुरुष लेजेण्ड क्रिकेट हुँदै आए पनि महिला लेजेण्ड क्रिकेट भने पहिलोपटक गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।