१० हजार वर्षअघि नै लोप भइसकेको ब्वाँसोको प्रजाति फिर्ता ल्याएको वैज्ञानिकहरूको दाबी

 चैत २७, २०८१ बुधबार ११:४९:१० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

वैज्ञानिकहरूले झन्डै १० हजार वर्षअघि पृथ्वीबाट लोप भइसकेको प्रजातिको ब्वाँसो डायर उल्फलाई पुनर्जन्म दिएको दाबी गरेका छन् ।

अमेरिकाको टेक्सासमा रहेको कोलोसल बायोसाइन्सेसका वैज्ञानिकहरूले जेनेटिक सम्पादनको प्रयोग गरेर डायर उल्फको तीन वटा बच्चा उत्पादन गरेको जानकारी गराएका हुन् ।

वैज्ञानिकहरूले ११ हजार पाँच सय वर्ष पुरानो जीवावशेषमा पाइएको प्राचीन डीएनएबाट डायर उल्फको जीनबारे जानकारी लिएका हुन् । त्यसपछि डायर उल्फको सबैभन्दा नजिकको जीवित नातेदार खैरो ब्वाँसोको जीन परिवर्तन गरेको उनीहरूले बताएका छन् ।

सरोगेट मदरका रूपमा घरपालुवा कुकुरलाई प्रयोग गरिएको छ । तीन वटा छाउराछाउरीमध्ये रोमुलुस र रेमस नाम गरेका दुई छाउरा ६ महिनाका भएका र खालिसी नामको छाउरी २ महिनाको भएको पनि जानकारी गराएका अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।

६ महिनाको उमेरमै दुई छाउराको लम्बाइ ४ फिट र तौल ३६ किलो रहेको छ । १० हजार वर्ष अघिसम्म अमेरिकी महादेशमा पाइने यो ब्वाँसो अमेरिकामा पाइने कुकुर वर्गका अरू जनावरभन्दा ठूला हुन्छन् । गेम अफ थ्रोन्सको काल्पनिक भूमिकाले यो प्रजातिको ब्वाँसोलाई चर्चित बनाएको थियो ।

विश्व इतिहासमा वैज्ञानिकहरूले कुनै पनि लोप भइसकेको प्रजातिलाई पुनः फिर्ता ल्याएको यो पहिलो पटक हो । तर स्वतन्त्र विज्ञहरूले यी नयाँ उत्पादन लोप भइसकेका भयानक ब्वाँसो नभई खैरो ब्वाँसाका परिमार्जित रूपमा रहेको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया