हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न प्रतिबन्ध लग...
बैशाख ४, २०८२ बिहिबार
काठमाण्डाै – एशियाली विकास बैंक (एडीबी) ले सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।
एडीबीले आज ‘एशियन डेभलपमेन्ट आउटलुक–२०२५’ प्रतिवेदन सार्वजनिक गर्दै यो वर्ष नेपालको अर्थतन्त्र ४ दशमलव ४ प्रतिशतले विस्तार हुने अनुमान गरेको हो । गएको वर्ष नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत थियो । यस्तै आउँदो वर्ष नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत हुने एडीबीको प्रक्षेपण छ ।
अमेरिकाले तय गरेको भन्सार नीति, भूराजनीतिक तनावलगायत कारण एशिया र प्यासिफक क्षेत्रमा व्यापारिक अनिश्चितताले आर्थिक वृद्धिदर तथा मुद्रास्फीतिमा प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ । अमेरिकाले नयाँ भन्सार दर तोकेपछि यसले विश्वभर व्यापारिक अनिश्चितता कायम गरेको एडीबीले जनाएको छ ।
अमेरिकी भन्सार शुल्कको क्षेत्रीय प्रभाव विश्लेषण गर्दै एडीबीले एशिया र प्यासिफिक क्षेत्रमा सन् २०२५ मा आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशत र सन् २०२६ मा ४ दशमलव ७ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ ।
त्यस्तै यस वर्ष नेपालको मुद्रास्फीति ५ दशमलव २ प्रतिशत र आउँदो वर्ष ५ प्रतिशत रहने एडीबीको अनुमान छ । गएको असोजमा आएको बाढी पहिरोका कारण आपूर्ति शृङ्खलामा असर पर्दा मुद्रास्फीतिमा त्यसको प्रभाव देखिएको एडीबीले जनाएको छ ।
यस्तै मध्यपूर्व क्षेत्रमा देखिएको तनाव, खाद्य र ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी आर्थिक अनिश्चितता, युक्रेन–रुस युद्धबाट सिर्जित समस्यालगायत कारणले जोखिम बढ्ने एडीबीको अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।