नेपालले म्यानमारलाई २७ टन राहत सामग्री सहयाेग गर्ने
चैत २७, २०८१ बुधबार
काठमाण्डौ – ‘सबै नागरिकको स्वास्थ्य बीमामा सहभागिता, सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता’ भन्ने नारासहित आज नवौं स्वास्थ्य बीमा दिवस मनाइँदैछ ।
स्वास्थ्य बीमा कार्यक्रम आम नागरिकले सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने महत्त्वपूर्ण माध्यम हो ।
नेपालमा २०७२ साल चैत २५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । यस कार्यक्रमबाट ८० लाखभन्दा बढी नागरिकलाई बीमामा आबद्ध गरी स्वास्थ्य सेवामा पहुँच स्थापना गर्न योगदान पुर्याइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई अझै प्रभावकारी र व्यवस्थित बनाउने मन्त्रालयको दाबी छ ।
यसैबीच सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।
स्वास्थ्य बीमा बोर्डले हिजो पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख्न कठिन देखिएको बताएको छ ।
बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले स्थिति पत्र सार्वजनिक गर्दै कोषमा आम्दानीका सीमित स्रोत र घाटा बजेटले समस्या देखिएको बताउनुभयो ।
उहाँका अनुसार स्वास्थ्य बीमा कोषमा बढ्दो दायित्व र हरेक वर्ष कोषले घर भाडाबापत दुई करोड ३४ लाख रुपैयाँ भुक्तानी दिँदै आएको छ ।
कार्यरत कर्मचारीको तलब भत्ता तथा दर्ता सहयोगी प्रोत्साहनबापत वर्षेनि करोडौँ भुक्तानी गर्ने गरेको र जुन निरन्तर बढ्दै गएको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।