चीनले अमेरिकाबाट आयात हुने सामानमा कर बढाएर ८४ प्रतिशत पुर्‍यायाे

 चैत २७, २०८१ बुधबार १७:४७:२५ | एजेन्सी
unn.prixa.net

चीनले अमेरिकाबाट आयात हुने सामानमा थप ५० प्रतिशत कर लगाएको छ । अमेरिकाले लगाएको १०४ प्रतिशत करको बदलामा चीनको अर्थ मन्त्रालयले अमेरिकाबाट आयात हुने सबै सामानमा थप ५० प्रतिशत कर लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ ।

योसँगै अब अमेरिकाबाट चीन आयात हुने सामानमा जम्मा कर ८४ प्रतिशत पुगेको छ । यसअघि चीनले ३४ प्रतिशत कर लगाएको थियो । यो कर भोलिदेखि लागू हुने मन्त्रालयले जनाएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा थप ५० प्रतिशत कर लगाउनुभएको थियो । योसँगै अमेरिका भित्रिने चिनियाँ सामानमा कुल कर १०४ प्रतिशत पुगेको छ ।

आफ्नो दोस्रो कार्यकालको शुरूमा ट्रम्पले चीनमा २० प्रतिशत कर लगाउनुभएको थियो । त्यसपछि उहाँले विश्वभर कर लगाउने घोषणा गर्दै चीनमा थप ३४ प्रतिशत कर लगाउनुभएको थियो ।

यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी करको प्रतिरोध गर्न चीनले आफ्ना छिमेकी देशहरूसँगको सम्बन्ध बलियो बनाउनुपर्ने बताउनुभएको छ । उहाँले एशियाली देशहरूले राम्रो भविष्यका लागि मिलेर काम गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।

अमेरिका र चीनबीच व्यापार युद्ध चर्किँदै गएको छ । यही अवस्था रहेमा दुई देशबीच पूर्ण स्तरको व्यापार युद्ध हुने सम्भावना देखिएको छ ।

अमेरिका र चीन विश्वका शीर्षस्थ अर्थतन्त्र हुन् । गएको वर्ष दुई देशबीच ५८५ अर्ब अमेरिकी डलर बराबरको सामान व्यापार भएको थियो । अमेरिकाले ४४० अर्ब डलरको आयात गर्दा चीनले जम्मा १४५ अर्ब डलर बराबरको मात्रै आयात गरेको थियो ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया