नेपालले म्यानमारलाई २७ टन राहत सामग्री सहयाेग गर्ने

 चैत २७, २०८१ बुधबार १८:३६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालले भूकम्पबाट प्रभावित म्यानमारलाई २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।

नेपालबाट परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरूसहितको टोलीले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको हो । त्यसका लागि आज राति नेपाली प्रतिनिधि मण्डल म्यानमार प्रस्थान गर्नेछ ।

नेपालबाट परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरूले सहभागिता जनाउने र म्यानमारमा राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताउनुभयो । म्यानमारले उपलब्ध गराएको सूचीअनुसार खाद्यान्न, औषधि, आवश्यक राहत सामग्री प्रदान गरिने उहाँले बताउनुभयो ।

 यसअघि नेपाली सेनाको चिकित्सकको टोली म्यानमारमा गइसकेको छ ।

म्यानमारमा गएको शुक्रवार ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी ३ हजार जनाभन्दा धेरैकाे ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया