हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न प्रतिबन्ध लग...
बैशाख ४, २०८२ बिहिबार
उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको ज्यान गएको छ । राजधानी बेइजिङबाट झन्डै १ सय ८० किलोमिटर उत्तरपूर्वमा रहेको लोङहुआ काउन्टीको नर्सिङ होममा आगलागी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
आगलागीपछि नर्सिङ होममा रहेका अन्य वृद्धवृद्धालाई थप अवलोकन र उपचारका लागि नजिकैको अस्पतालमा सारिएको छ । अधिकारीहरूले नर्सिङ होमका मालिकलाई पक्राउ गरेका खबरमा उल्लेख छ ।
चीनमा शिथिल भवन संहिता र कार्यस्थल सुरक्षाप्रति लापर्बाही दृष्टिकोणका कारण आगलागीका घटना भइरहन्छन् ।
गएको जनवरीमा बेइजिङको उत्तरपश्चिममा रहेको झाङजियाकोउ शहरको एक तरकारी बजारमा भएको आगलागीमा ८ जनाको ज्यान गएको थियो भने १५ जना घाइते भएका थिए । त्यसको एक महिनाअघि पूर्वी चीनको रोङचेङ शहरमा एक निर्माणस्थलमा भएको आगलागीमा नौ जनाको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।