हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न प्रतिबन्ध लग...
बैशाख ४, २०८२ बिहिबार
काठमाण्डाै – लामो समयपछि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भएको छ । आज दिउँसो काठमाण्डौको मूलपानी, एअरपोर्ट, तीनकुने, चन्द्रागिरिलगायतका क्षेत्रमा हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार ललितपुरको फुल्चोकी, भक्तपुरको सल्लाघारी, दुवाकोटलगायतका ठाउँमा पनि पानी परेको छ । काठमाण्डौको केही ठाउँमा अहिले पनि वर्षा भइरहेको र रातिदेखि भोलि बिहानसम्म पानी पर्ने अनुमान रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।
भोलि र पर्सि पनि काठमाण्डौ उपत्यकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसमविद् झाले जानकारी दिनुभयो । अहिलेको वर्षाले वायु प्रदूषण घट्ने र किसानलाई राहत पुग्ने उहाँँको भनाइ छ ।
पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशको पूर्बी भागको कोशीदेखि लुम्बिनी प्रदेशसम्मै धेरै ठाउँमा आज पानी परेको महाशाखाले जनाएको छ । झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङलगायतका विभिन्न जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का पानी परेको छ ।
धेरै समयपछिको वर्षाले सुक्खाको अवस्था हट्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव शनिवारसम्मै रहने भएकाले राम्रोसँग आकाश खुल्न र घाम लाग्न केही दिन लाग्ने देखिन्छ ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले हावाको गति बढ्दा र आकाशबाट पानी पर्दा वायु प्रदूषण पनि कम हुने बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।