आर्सनल र इन्टरमिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा
बैशाख ४, २०८२ बिहिबार
काठमाण्डाै – सगरमाथा आरोहणका लागि बाटो बनाउने काम आजका लागि रोकिएको छ । दिउँसो ११ बजेपछि बादल लाग्ने मौसम पूर्वानुमानका कारण बाटो निर्माणको काम रोकेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ ।
यसअघि हिजो दिउँसो सगरमाथा आधार शिविरमा हिमपात भएको थियो । सगरमाथा आधार शिविरदेखि पहिलो शिविरसम्म र नुप्त्से क्षेत्रको अवस्था बिग्रँदै गएको पनि एसपीसीसीले बताएको छ । यी क्षेत्रहरू बारम्बार चट्टान खस्ने र हिमपहिरो गतिविधिका लागि परिचित छन् ।
दोस्रो शिविरसम्म दुई हजार दुई सय मिटरसम्म बाटो बनाउनुपर्नेमा अहिलेसम्म एक हजार एक सय मिटरसम्मको बाटो बनिसकेको छ । दोस्रो शिविरसम्म बाटो तयार भएपछि पर्वतारोहण सञ्चालक सङ्घले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् डोरी टाँग्ने काम गर्छ । एसपीसीसीले बाटो बनाउन १० जना आइसफल डाक्टरलाई खटाएको छ ।
वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् । अहिले हिमाल आरोहणका लागि अनुमति लिने क्रम चलिरहेको छ ।
यसैबीच अन्नपूर्ण क्षेत्रमा दुई जना शेर्पा बेपत्ता भएको घटनाप्रति पनि सचेत रहेको एसपीसीसीले बताएको छ । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिमपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा हिजो बिहानदेखि हराइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।