हावाहुरी र प्रि–मनसुनका कारण छोटो समय बिजुली जाँदा 'लोडशेडिङ' भन्न मिल्दैन : प्राधिकरण

 वैशाख २, २०८२ मंगलबार १६:१३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले हावाहुरी र प्रि–मनसुनका कारण छोटो समय बिजुली जाँदा लोडशेडिङ भनेर भ्रम फैलाउने काम गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले विज्ञप्ति निकालेर ग्राहकलाई नियमित र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ । अवरुद्ध भएका ठाउँमा विद्युत् सञ्चालन गर्न देशभरका वितरण केन्द्रबाट दिनरात काम भइरहेको प्राधिकरणको भनाइ छ ।

कुनै ठाउँमा विद्युतीय संरचनामा क्षति पुगेको पाइएमा प्राधिकरणको सम्बन्धित कार्यालय वा हटलाइन नम्बर ११५० मा जानकारी गराउन विज्ञप्तिमा उल्लेख छ । साथै पोल ढल्ने, तार लत्रिनेलगायतका कारण जनधनको क्षति हुन सक्नेतर्फ सुरक्षित रहन पनि प्राधिकरणले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया