गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न अल्पक...
बैशाख २, २०८२ मंगलबार
काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकहरूको समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर्न सरकारलाई आग्रह गरेको छ ।
आयोगले आज विज्ञप्ति निकालेर शिक्षाजस्तो संवेदनशील क्षेत्रमा देखिएका समस्याको वार्ताबाट समाधान गरी पठनपाठन सञ्चालनको वातावरण मिलाउन सरकारलाई आग्रह गरेको हो । यस्तै कानून निर्माणमा सम्बन्धित पक्षसँग पर्याप्त छलफल तथा परामर्श गरी विद्यालय शिक्षासम्बन्धी कानूनलाई समयसापेक्ष बनाउन एवम् शिक्षकहरूसँग विगतमा सरकारले गरेका सम्झौताको कार्यान्वयन गर्न पनि आयोगले अनुरोध गरेको छ ।
शिक्षकको आन्दोलन तथा यसबाट बालबालिकाको शिक्षाको अधिकारमा पर्न गएको असरप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालबालिकाको भर्ना अभियान प्रभावित हुने देखिएको, आन्दोलनका कारण माइतीघर क्षेत्रमा आवागमन प्रभावित भएको अनुगमनबाट पाइएको प्रवक्ता डा. टीकाराम पोखरेलले निकाल्नुभएकाे विज्ञप्तिमा भनिएको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलन गर्दै आएका शिक्षकहरूले आज नयाँ बानेश्वरमा धर्ना दिए । माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर शिक्षकहरूले सडकमै धर्ना दिएका हुन् । नेपाल शिक्षक महासङ्घले दुई हप्तादेखि काठमाण्डौ केन्द्रित आन्दोलन गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।