रुससँग सम्झौता गर्नुअघि युक्रेनको विनाश हेर्न आउन ट्रम्पलाई जेलेन्स्कीको आग्रह

 वैशाख १, २०८२ सोमबार १५:८:५० | एजेन्सी
unn.prixa.net

फाइल तस्वीर, एजेन्सी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग सम्झौता गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देश भ्रमण गर्न आग्रह गर्नुभएको छ ।

अमेरिकी टेलिभिजन र रेडियो प्रसारक सीबीएसको एक अन्तवार्तामा जेलेन्स्कीले ट्रम्पलाई कुनै पनि प्रकारको निर्णय गर्नुअघि, कुनै पनि प्रकारको वार्ता गर्नुअघि रुसी आक्रमणबाट आफ्नो देशमा भएको विनाश हेर्न आउन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । आइतवार युक्रेनी शहर सुमीमा भएको विनाशकारी रुसी मिसाइल आक्रमणभन्दा पहिले रेकर्ड गरिएको थियो ।

सुमी शहरमा भएको रुसी आक्रमणमा दुई बालबालिकासहित ३४ जनाको ज्यान गएको थियो भने एक सय १७ जना घाइते भएका थिए । ट्रम्पले रुसी आक्रमणलाई ‘भयानक घटना’ भनेर वर्णन गर्नुभएको थियो भने जर्मनीका चान्सलर–इन–वेटिङ फ्रेडरिक मर्जले रुसलाई युद्ध अपराध गरेको आरोप लगाउनुभएको थियो ।

युक्रेनको सबैभन्दा बलियो सैन्य सहयोगी अमेरिकाले ट्रम्पको नेतृत्वमा वार्तामार्फत युद्धको अन्त्य गर्ने प्रयास गरिरहेका बेला यो आक्रमण भएको हो । रुस–युक्रेन युद्ध अहिले चौथो वर्षमा छ ।

सन् २०२२ को फेब्रुखरी २४ मा रुसले युक्रेनमा पूर्णस्तरीय आक्रमण शुरू गरेदेखि दुवैतर्फ लाखौं मानिस मारिएका वा घाइते भएका अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घको अनुमान अनुसार अहिले झन्डै ७० लाख युक्रेनी शरणार्थीका रूपमा बाँचिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया