गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चक...
बैशाख ३, २०८२ बुधबार
काठमाण्डाै – नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव १४ अङ्कले बढेर २ हजार ६ सय ८९ दशमलव २२ विन्दुमा पुगेको छ ।
आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक र लगानी समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज कर्पाेरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, नेपाल माइक्रो इन्सुरेन्स कम्पनी, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बलेफी हाइड्रोपावर कम्पनीको शेयर भने साढे ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबार रकम पनि बढेको छ । गएको चैत ३१ गते ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ३ सय २० वटा कम्पनीका २ करोड १८ लाख कित्ता शेयर ८ अर्ब ५४ करोड रुपैयाँमा किनबेच भएको छ ।
यो कारोबार रकम एक महिनायताकै उच्च हो । यसअघि गएको फागुन २५ गते ९ अर्ब ९१ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।