त्रिवि उपकुलपतिको जिम्मेवारी प्रा. डा. खड्ग केसीलाई

 वैशाख २, २०८२ मंगलबार १६:४२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय (त्रिवि) काे उपकुलपतिकाे जिम्मेवारी प्रा. डा. खड्ग केसीले पाउनुभएकाे छ । प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष केसीलाई बढीमा तीन महिनाका लागि काम गर्नेगरी जिम्मेवारी तोक्नुभएको हाे ।

उपकुलपतिको पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गएकाे चैत ३१ गतेको निर्णयानुसार शिक्षाध्यक्ष केसीलाई जिम्मेवारी तोकिएको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले दिनुभएको राजीनामा गएकाे चैत २८ गते स्वीकृत भएको थियो ।

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया