प्रि–मनसुनको अवधिमा अहिलेसम्म विपद्जन्य घटनामा परी ४१ जनाको ज्...
बैशाख ६, २०८२ शनिबार
काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा साविक विजेता ललितपुर सिटी एफसी र झापा एफसीले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा झापाले ललितपुर सिटीसँग १–१ गोलको बराबरी खेलेको हो । योसँगै ललितपुर ६ खेलबाट १२ अङ्क बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ ।
समान खेलबाट पाँच अङ्क बटुल्दै झापा तेस्रो संस्करणको एनएसएलबाट बाहिरिएको छ । झापा एनएसएल इतिहासमा सबैभन्दा बढी बराबरी खेल्ने टोली बनेको छ ।
तीन संस्करणमा १५ खेल खेलेको झापाले नौ खेल बराबरीमा सक्काएको छ । झापाले यो संस्करणमा मात्रै पाँच बराबरी खेलेर कुनै पनि खेल नजिती प्रतियोगिताबाट बाहिरिएको हो ।
नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र एफसी चितवन खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।