सगरमाथाको आधारशिविरमा विलासी सामानको प्रयोगले समस्या बढाउँदै
चैत २५, २०८१ सोमबार
काठमाण्डौ – सहकारी ठगी एवम् सङ्गठित अपराधको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जेल चलान भएका छन् ।
प्रहरीले आज जिल्ला अदालत उपस्थित गराएपछि लामिछानेलाई जिल्ला कारागार पठाइएको रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।
उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई चैत २२ मा जिल्ला अदालत, रुपन्देहीको निर्णय उल्टाएर थुनामा पठाउने आदेश दिएको हो ।
शुक्रवार आदेश आए लगत्तै प्रहरीले लामिछानेलाई काठमाण्डौबाट पक्राउ गरी भैरहवा पुर्याइएको थियो । लामिछाने पक्राउ परेपछि लगातार दुई दिन सार्वजनिक बिदा परेकाले प्रहरी उनलाई हिरासतमै राखेको थियो ।
जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । आज त्यो आदेश खारेज भएको छ ।
रुपन्देहीको सुप्रिम सहकारीबाट लामिछानेसहित ४२ जनाले ५५ करोड रुपैयाँ अपचलन गरेको भन्दै मुद्दा दायर भएको थियो । लामिछानेविरुद्ध कास्की, काठमाण्डौ, चितवन र पर्सामा पनि सहकारीको रकम सङ्गठित तवरमा ठगी गरेको आरोपमा मुद्दा दायर भएको छ ।
पर्साबाहेक सबै ठाउँमा उनलाई धरौटीमा छोड्न आदेश दिइएको थियो । तर रुपन्देहीको सहकारी ठगीको मुद्दामा धरौटीमा छाेड्ने विषयलाई उच्च अदालतले उल्टाइदिएको छ ।
अर्का अभियुक्त पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा भने इजलासले जिल्लाकै आदेश सदर गरिदिएको छ । उनलाई जिल्ला अदालतले नै थुनामा पठाउने आदेश दिएको थियो ।
लामिछाने केही दिनअघि मात्र रास्वपा सभापतिको जिम्मेवारीमा फर्किएका थिए । उनकै सभापतित्वमा रास्वपा केन्द्रीय समितिको बैठक बसेको थियो ।
लामिछानेको सांसद पदको निलम्बन हटाउने बारेमा सभामुख देवराज घिमिरे छलफल गरिरहेको बेला अदालतले कारागार पठाइदिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।