३ वर्षदेखि सुस्ताएको घरजग्गा कारोबार अझै सुधारिएन

 चैत २६, २०८१ मंगलबार १५:५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – घरजग्गा कारोबारमा तीन वर्षदेखि चलिरहेको शिथिलता अझै सुधारिएको छैन ।

घरजग्गा कारोबार उच्च हुने बेला हरेक महिना ७५ हजारको हाराहारीमा किनबेच हुने गर्थ्यो । तर गएको फागुनमा देशभरिका मालपोत कार्यालयबाट ४६ हजार ६१ वटा मात्रै घरजग्गाको किनबेच भएको छ । यस्तै गएको वर्षको फागुनमा ५१ हजार वटा घरजग्गा किनबेच भएका थिए ।

गएको आर्थिक वर्षको साउनदेखि फागुनसम्म तीन लाख २९ हजार आठ सय ३५ वटा घरजग्गा कारोबार भएकामा यस वर्षको त्यही अवधिमा तीन लाख २४ हजार तीन सय ३९ वटामात्रै घरजग्गा किनबेच भएका छन् ।

यो तथ्याङ्कले अघिल्लो वर्षको तुलनामा समेत माग नबढेको देखाउँछ । खासगरी घरजग्गा कारोबारको केन्द्र काठमाण्डाैमा नै किनबेच सुस्त छ । काठमाण्डाै उपत्यकामा महिनामा झन्डै नौ हजार हाराहारीमा घरजग्गा किनबेच हुने गरेकाेमा गएको फागुनमा तीन हजार आठ सय ९० वटा घरजग्गा किनबेच भएका छन् ।

घरजग्गा कारोबारमा शिथिलता आउनुको मुख्य कारण सरकार नै रहेको नेपाल जग्गा अवास विकास महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताउनुभयो । अध्यक्ष घिमिरेका अनुसार अब घरजग्गा क्षेत्रलाई चलायमान बनाउन विश्वास बढाउनु आवश्यक छ । बैंकमा प्रशस्त रकम भए पनि ऋण लिनसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

सरकारले घरजग्गा कारोबार कम्पनीमार्फत गर्ने भन्दै आए पनि अहिलेसम्म लागू हुन सकेको छैन । कार्यान्वयन नहुनुको प्रमुख कारक सरकार नै रहेको घिमिरे बताउनुहुन्छ । उहाँका अनुसार घरजग्गा कारोबार कम्पनीमार्फत गर्दा धेरै समस्या छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया