मातृ र नवजात शिशु मृत्यदर घटाउन नेपाल सफल

 चैत २६, २०८१ मंगलबार १८:१८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – संयुक्त राष्ट्रसङ्घले मातृ र नवजात शिशु मृत्यदर घटाउन नेपाललाई सफलता मिलेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनानुसार नेपालमा प्रतिलाख जीवित जन्ममा १ सय ४२ जना आमाको ज्यान जाने गरेको छ । सन् २००० को तुलनामा यो ७१ प्रतिशतले कम हो । राष्ट्रिय जनगणना २०७८ मा १ लाख जीवित जन्ममा १ सय ५१ जना आमाको जाने गरेको थियो ।

मातृ तथा नवजात शिशु मृत्युदर घटाउन उल्लेखनीय प्रगति भए पनि प्रदेश र जिल्लाबीचका स्वास्थ्य असमानताले धेरै महिला गुणस्तरीय प्रसूति सेवाको पहुँचबाट वञ्चित भएका प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज संयुक्त राष्ट्रसङ्घ मुख्यालय न्युयोर्कमा आयोजित जनसङ्ख्या तथा विकास आयोगको ५८औं सत्रलाई सम्बोधन गर्नुभभएको छ । कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा बजेटको सीमितता, ग्रामीण क्षेत्रमा पर्याप्त पूर्वाधार विकास तथा स्वास्थ्य संस्थाको कमी हुनाले स्वास्थ्य पहुँचमा कठिनाइ भोग्नु परेको बताउनुभयो ।

मन्त्री पाैडेलले जलवायु परिवर्तनका कारण नेपालको स्वास्थ्य क्षेत्रले कठिनाइ बेहोर्नुपरेको पनि उल्लेख गर्नुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया