कञ्चनपुरको गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

 वैशाख ४, २०८२ बिहीबार ९:४१:२६ | रासस
unn.prixa.net

कञ्चनपुर – पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार कोरोना महामारीपछि यो नाका भएर नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या न्यून रहे पनि पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको कार्यालय प्रमुख कृष्णानन्द जोशीले बताउनुभयो ।

उहाँका अनुसार सन् २०२३ मा यो नाका भएर नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यसैगरी सन् २०२४ मा एक हजार १५४ विदेशी पर्यटक यहाँबाट नेपाल आएका छन् ।

सन् २०२५ को अहिलेसम्म चार सय ५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने यस वर्ष मार्चमा मात्रै दुई ८९ जना नेपाल प्रवेश गरेका छन् ।

गड्डाचौकी नाकाबाट भित्रिने पर्यटकहरू पोखरा, बर्दिया, चितवन, लुम्बिनीलगायत ठाउँ घुम्नका लागि जाने गरेका कार्यालय प्रमुख जोशीले बताउनुभयो ।

यो नाकाबाट फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मन, अष्ट्रेलिया, रसिया, यूके, यूएसए, अर्जेन्टिनालगायत देशका नागरिकहरू आउने गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया