अमेरिकी कोष कटौती लाखौंका लागि ‘मृत्युदण्ड’ हुनसक्छ : विश्व खाद्य कार्यक्रम

 चैत २६, २०८१ मंगलबार १५:१४:५१ | एजेन्सी
unn.prixa.net

तस्वीर : राेयटर्स

संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले अमेरिकी कोष कटौती लाखौंका लागि ‘मृत्युदण्ड’ हुनसक्ने चेतावनी दिएको छ ।

डब्ल्यूएफपीले १४ देशमा आपत्कालीन खाद्य सहायताका लागि अमेरिकी कोष बन्द गर्नु ‘चरम भोकमरी र भोकमरीको सामना गरिरहेका लाखौं मानिसहरूलाई मृत्युदण्डको सजाय हुनसक्ने’ बताएको रोयटर्सले जनाएको छ । डब्ल्यूएफपीले जीवन बचाउने कार्यक्रमहरूमा निरन्तर सहयोगका लागि आग्रह गर्न अमेरिकी प्रशासनसँग सम्पर्कमा रहिरहेको सामाजिक सञ्जाल ‘एक्स’ मा उल्लेख गरेको छ ।

विश्व खाद्य कार्यक्रमकी प्रमुख सिन्डी म्याककेनले विश्व नेताहरूलाई अमेरिकी कोष कटौतीको परिणामहरूको मूल्याङ्कन गर्न आग्रह गर्नुभएको छ । उहाँले कोष कटौतीले भोकमरी, इन्धन अस्थिरतालाई गहिरो बनाउने र संसारलाई निकै कम सुरक्षित बताउने बताउनुभएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अफगानिस्तान, यमन र अन्य १२ देशका लागि खाद्य सहायतासहित बाँकी रहेको धेरैजसो अमेरिकी सहायता रद्द गर्ने निर्णय गरेको विदेश विभाग र अन्तर्राष्ट्रिय विकास एजेन्सीका सहायता स्रोतहरूले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया