गाजामा १५ जना स्वास्थ्यकर्मी मारिएको घटनामा इजरायलले गल्ती स्वीकार्‍याे

 चैत २४, २०८१ आइतबार १५:११:१८ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

इजरायलले गाजामा १५ जना मेडिकल स्टाफ मारिएको घटनामा आफ्नो सेनाबाट गल्ती स्वीकार गरेको छ । इजरायलले गएको मार्च २३ मा दक्षिणी गाजामा १५ जना आपत्कालीन कामदारहरूको हत्यामा आफ्ना सेनाहरूले गल्ती गरेको स्वीकार गरेको बीबीसीले जनाएको छ ।

त्यस दिन रफाह नजिक प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) का एम्बुलेन्स, संयुक्त राष्ट्रसङ्घको एक कार र गाजा सिभिल डिफेन्सको एक फायर ट्रकमाथि गोलाबारी भएको थियो ।

इजरायलले ती गाडीको लस्कर अँध्यारोमा ‘शङ्कास्पद रूपमा’ हिडिँरहेको दाबी गरेको थियो । मारिएका मेडिकल स्टाफमध्ये एक जनाले आक्रमणका क्रममा आफ्नो मोबाइलमा भिडियो बनाएका थिए । त्यो भिडियोमा घाइतेहरूलाई मद्दत गर्न बोलाउँदा गाडीहरूको बत्ती बालेको देखिएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार मारिएकामध्ये कम्तीमा ६ जना प्यालेस्टिनी लडाकू समूह हमाससँग सम्बन्धित थिए । यद्यपि इजरायलले अहिलेसम्म कुनै प्रमाण दिएको छैन ।

इजरायलले आफ्ना सैनिकहरूले गोली चलाउँदा ती स्वास्थ्यकर्मीहरू निःशस्त्र रहेका पनि स्वीकार गरेको छ ।

अन्तिम अपडेट: चैत २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया