जनमत र नाउपाको विधान प्रतिस्थापन समिति गठन
चैत २५, २०८१ सोमबार
काठमाण्डाै – शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस निकालेका छन् ।
गएको बुधवारदेखि काठमाण्डाै केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आज काठमाण्डाैको माइतीघरमा सिठी जुलुस निकालेका हुन् । उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म सिठी बजाएर सरकारको ध्यानाकर्षण गराएका छन् । शिक्षकहरूले हिजो सडकमा सुतेर विरोध जनाएका थिए ।
यसैबीच शिक्षक आन्दोलनलाई अझ सशक्त बनाउन भन्दै नेपाल शिक्षक महासङ्घले भोलिदेखि शैक्षिक हडतालको घोषणा गरेको छ । महासङ्घले आज विज्ञप्ति निकालेर शैक्षिक हडतालको घोषणा गर्दै देशभरका शिक्षक र कर्मचारीलाई विद्यालय बन्द गरेर काठमाण्डाै आउन भनेको छ । त्यस्तै शैक्षिक हडतालको अवधिमा उत्तरपुस्तिका परीक्षण, नजिता प्रकाशन, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा संलग्न नहुने महासङ्घले जनाएको छ ।
शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर देशभरका शिक्षकहरू आन्दोलनमा छन् । उनीहरू काठमाण्डाै आएर माघ २० गतेदेखि प्रदर्शन गरिरहेका छन् ।
यसअघि सरकारले वार्ताका लागि बोलाको थियो । तर शिक्षकहरू वार्तामा गएका छैनन् । उनीहरूले ऐन जारी गर्नुपर्नेमा जोड दिएका छन् । शिक्षकहरूको आन्दोलनका कारण विद्यालयमा भर्ना अभियान प्रभावित हुनेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशनमा समेत ढिलाइ हुने जोखिम बढेको छ ।
संविधान अनुसार शिक्षकहरू पालिकाको मातहतमा रहने व्यवस्था छ । तर शिक्षकहरूले पालिका मातहत बस्न अस्वीकार गर्दै आएका छन् । यो माग पूरा गर्न संविधान संशोधन नै गर्नुपर्ने भएकोले शिक्षकहरूको सबै माग पूरा गर्न सरकारलाई कठिन छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।