बार चुनाव : मतगणना भाेलिदेखि

 चैत २४, २०८१ आइतबार १५:७:५ | रासस
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – नेपाल बार एशोसिएशनको २७औं केन्द्रीय कार्यसमितिका लागि भएको चुनावको मतगणना भोलिदेखि हुने भएको छ । बारको नयाँ कार्यसमितिका लागि हिजो मतदान भएको थियो ।

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको मतपेटिका आज बेलुकासम्म काठमाण्डाै आइपुग्ने छ भने भोलिदेखि मतगणना शुरू गरिनेछ ।

बारको नयाँ कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको छ । २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो । काठमाण्डाै र बाहिर गरी ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो ।

बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवम् समावेशी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्र र व्यावसायिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धा हुनुहुन्छ ।

वरिष्ठ अधिवक्ता प्रा. डा. मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहनुभएको छ भने वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ ।

अन्तिम अपडेट: चैत २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया