उपत्यकामै छैनन् शौचालय, अधिकांशको संरचना खराब

 फागुन २५, २०७६ आइतबार ७:३८:१० | रासस
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा पर्याप्त सार्वजनिक शौचालय छैनन् भने भएकामध्ये धेरैजसोको संरचना खराब रहेका छन् ।

मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, वीर अस्पताल, रत्नपार्क, दरबारमार्ग, नयाँसडक, सुन्धारा, पर्यटकीय क्षेत्र ठमेल, बागबजार, थापाथली नयाँ बानेश्वर लगायतका क्षेत्रमा पर्याप्त सार्वजनिक शौचालय नहुँदा बटुवाहरुलाई समस्या पर्ने गरेको छ । 

काठमाण्डौ-उपत्यकामा जनसङ्ख्याको अनुपातमा सार्वजनिक शौचालय एकदमै कम रहेका र भएका शौचालय पनि नाम मात्रका रहेका शौचालयबारेका अभियन्ता प्रकाश अमात्य बताउनुहुन्छ । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डअनुसार शहरी क्षेत्रमा पाँच सय जनाका लागि एउटा सार्वजनिक शौचालय हुनुपर्छ । तर अध्ययनअनुसार काठमाण्डौ महानगरमा सरदर २० हजार २८८ जनाका लागि एउटा सार्वजनिक शौचालय उपलब्ध छ । 

३२ वडा रहेको महानगरका १६ वडामा त्यस्ता शौचालय नरहेको बताइएको छ । महानगरमा ५८ मात्र सार्वजानिक शौचालय छन् । तीमध्ये ४९ मात्र काम चलाउ अवस्थामा रहेका छन् । प्रयोगमा रहेका ती सार्वजनिक शौचालयमा दैनिक सरदर नौ हजारले दिसा-पिसाब गर्ने गरेको जनाइएको छ । 

वाटर एड र गुथी नामक संस्थाले काठमाण्डौ तथा ललितपुर महानगर र मध्यपुर थिमी तथा कीर्तिपुर नगरपालिकाका सबै १ सय १५ सार्वजनिक शौचालयको अध्ययन गर्दा धेरैजसो सार्वजनिक शौचालयको संरचना खराब रहेको निष्कर्ष निकालेको थियो । 

लैङ्गिक दृष्टिकोणले सबै शौचालय अनुपयूक्त तथा सुरक्षाको दृष्टिमा ७५ प्रतिशत खराब देखिएको गुथीका प्राविधिक सल्लाहकार समेत रहनुभएका प्रकाश अमात्यले बताउनुभयो ।

यसैबीच काठमाण्डौको कीर्तिपुर नगरपालिकाले ‘सार्वजनिक शौचालयसम्बन्धी सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन’ पारित गर्दै कार्यान्वयनमा अगाडि बढाएको छ ।    

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया