अन्तर्राष्ट्रिय महिला दिवस : कानुन र संविधानमा समानता भए पनि व्यवहारमा विभेद कायमै

 फागुन २५, २०७६ आइतबार ८:२१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज मार्च ८ तारिख अर्थात 'अन्तर्राष्ट्रिय महिला दिवस' । ‘समानताको पुस्ता : अन्त्य गरौँ, हिंसा, विभेद र असमानता' भन्ने नाराका साथ मनाईँदैछ।

नेपालको संविधानले महिलालाई लैङि्गक भेदभावबिना समान हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायत अधिकार निश्चित गरे पनि पूर्ण कार्यान्वयन भने हुन सकिरहेको छैन । 

महिलालाई शब्दमा समानता भए पनि ब्यवहारमा भने विभेद कायमै छ । स‌विधानमै ग्यारेण्टी गरिएको झण्डै ३३ प्रतिशत महिला सहभागिता पनि सबै ठाउँमा कार्यान्वयन हुन सकेको छैन ।

सङ्घीय सरकारमा १३ प्रतिशत मात्र महिला मन्त्री छन् भने प्रदेश सरकारमा साढे १४ प्रतिशत र पालिकामा झण्डै ४१ प्रतिशत महिला प्रतिनिधित्व छ । यस्तै निजामती क्षेत्रमा झण्डै २६ प्रतिशत महिला कर्मचारी छन् । 

सुरक्षा फौजमा महिलाको उपस्थिती झनै कम छ । नेपाल प्रहरीमा साढे ८, सशस्त्र प्रहरीमाझण्डै ८ र सेनामा साढे ५ प्रतिशत महिला  छन् । यस्तै न्यायालयमा सर्वोच्च अदालतमा १४ प्रतिशत, र उच्च अदालतमा ३ प्रतिशत मात्र महिला न्यायाधीस छन भने १७ प्रतिशत अधिवक्ता र ६ प्रतिशत वरिष्ठ अधिवक्ता मात्र महिला छन् । 

दिवसको अवसरमा सरकारले आयोजना गरेको कार्यक्रम भने स्थगित गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कोरोना भाइरसको जोखिम बढेसँगै भेला, सभा, सम्मेलन, लगायत कार्यक्रम स्थगित गरिएको जनाएको छ । मन्त्रालयले प्रज्ञा भवन कमलादीमा औपचारिक कार्यक्रम गर्ने तयारी गरेको थियो । 

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, लगायत विभिन्न दलका नेताहरुले शुभकामना दिनुभएको छ ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • pradeep

    March 8, 2020, 9:38 a.m.

    सर , मैडम ! मा कुनै महिला ,जाति ,समुदाय को बिरोध गर्दिन। देश चल्नका लागि देशका लागी राम्रो काम गर्ने जनशक्ति को खाचो पर्छ। त्यो जनशक्ति महिला होस या पुरुष होस। तेसैले तपाईं हरु जस्तो मिडियाले खबर राम्रो के छ त्यो हेर्नु होला। तेसैले समान प्रतिनिधि भन्दा पनि जस्ले काम गर्न सक्छ तेस्तो लाई अगाडी बढाउन पर्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया