असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाड - प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिने उहाँकी भान्जी समीक्षा सङ्ग्राैलाले प्रधानमन्त्रीलाई भेट्न चाहनुभएको छ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहान भेट्न जाँदा सङ्ग्राैलाले ‘मामालाई कस्तो छ’ भन्दै प्रधानमन्त्रीलाई एक पटक भेट्न चाहेको इच्छा व्यक्त गर्नुभएको रिमालले बताउनुभएको छ ।
जवाफमा राजनीतिक सल्लाहकार रिमालले प्रधानमन्त्रीलाई भेट्ने तपाईं पहिलो ‘भिजिटर’ हुने भनेर आफूले सङ्ग्राैलालाई भनेको ट्विटरमा लेख्नुभएको छ ।
— Bishnu Rimal (@BishnuRimal) March 8, 2020
आफ्नोभन्दा प्रधानमन्त्रीको स्वास्थ्यको चिन्ता लिने उहाँप्रति आफूले सम्मान प्रकट गर्दैै सङ्ग्राैला भर्ना भएको वार्डबाट निस्किएको रिमालले ट्विटरमा उल्लेख गर्नुभएको छ ।
गएको बुधबार मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य लाभ गर्दै हुनुहुन्छ । यस्तै प्रधानमन्त्रीलाई आफ्नो दाहिने मिर्गौला दान गर्नुभएकी सङ्ग्राैलाको स्वास्थ्यमा पनि क्रमिक सुधार हुँदै गएको छ ।
मिर्गौला दाता सङ्ग्राैला नातामा प्रधानमन्त्रीको भान्जी हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
dhirendra sinal
March 8, 2020, 12:57 p.m.नातामा भान्जी पर्ने ! प्रमको भाइको श्रीमतिको भान्जी रे वहाँ । ससुराली खलकबाट पनि भान्जी नाता पर्ने रहेछ ! अस्ति सम्म नाता पर्ने भनेर लेखेको उज्यालो ले आज चै भान्जी नै भनेर नाता प्रमाणित पनि गरिदिएछ ।