काेराेनाकाे सङ्क्रमण राेक्न नेपाल-भारत सीमामा हेल्थ डेस्क

 फागुन २६, २०७६ सोमबार १०:३२:३४ | रासस
unn.prixa.net

झापा - दक्षिणी झापाको नेपाल-भारत सीमा कुमरखोदमा कोरोना भाइरस (कोभिड-१९) स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरिएको छ ।

झापा गाउँपालिकाका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले आइतबार सहायता कक्षको शुभारम्भ गर्नुभयाे । उहाँले भाइरसको जोखिम बढ्न नदिन सबैलाई सचेत रहन र सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो  । 

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले भाइरसको जोखिम रोक्न कक्ष स्थापना गरिएको जानकारी दिनुभयो । यस कक्षमा दुई स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।  भारतले पनि डिगल बैंकमा कक्ष स्थापना गरिसकेको जनाइएको छ ।  

भाइरसबारे सचेतना फैलाउन दुवैतर्फका स्वास्थ्यकर्मीले अनुभव आदान-प्रदान समेत गरेका छन् ।  उच्च ज्वरो, श्वासप्रश्वासमा कठिनाइ र रुघाखोकी देखिएकालाई अस्पताल पठाइने व्यवस्था मिलाइएको शाखा प्रमुख विश्वकर्माले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया