असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै बजारमा मास्क (मुखावरण) को अभाव भएको छ । मास्क नपाइने समस्या एकातिर छ भने पाइहाले पनि पहिलेभन्दा महँगो पर्छ । बजारमा सङ्क्रमित व्यक्तिलेभन्दा अरुले मास्कको प्रयोग धेरै गरेकाले अभाव भएकाे हो ।
बजारमा धेरै खालका कपडाका मास्क उपलब्ध भए पनि काम गर्ने भनेको एन नाइन्टी फाइभ मास्क र मेडिकल तथा सर्जिकल मास्कले हो ।
एन नाइन्टी फाइभ मास्क कसले लगाउनै पर्छ ?
– अस्पतालमा कार्यरत चिकित्सकले
– बिरामी कुरुवा र बिरामीको स्याहारसुसार गर्नेले
– कोरोना भाइरसको सङ्क्रमण भएको व्यक्तिले
मेडिकल तथा सर्जिकल मास्क कसले लगाउने ?
– विमानस्थलको हेल्थ डेक्समा खटिने कर्मचारीले
– रुघाखोकी लागेको व्यक्तिले
– श्वासप्रश्वाससम्बन्धी समस्या भएको व्यक्तिले
मास्क कसरी लगाउने ?
– जहिले पनि रङ्गीन भागबाहिर पारेर लगाउनुपर्छ
– चस्मा लगाउनेले माथितिर फु गर्दा चस्मामा बाफ नजाने गरी लगाउनुपर्छ
– मुखभन्दा तलबाट पनि मास्कमा हावा छिर्नु हुँदैन
– मुख र नाक दुवैमा राम्रोसँग फिट हुने गरी लगाउनुपर्छ
मास्क पाइएन भने के गर्ने ?
– सर्जिकल मास्क वा मेडिकल मास्क पाइएन भने सङ्क्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा रुमालले भए पनि नाक र मुख छोप्नुपर्छ
कोरोना भाइरसबाट कसरी बच्ने ?
– सबैभन्दा पहिला आफ्नो व्यक्तिगत स्वास्थ्यमा ध्यान दिने
– साबुन पानीले हात राम्रोसँग धुने
– घरबाहिर हातले खाना नखाने
– खानै परे हातमा स्यानेटाइजर लगाएर मात्रै खाने
– शौचालय गएपछि साबुनपानीले हात धुने
– बाहिरबाट घर आएलगत्तै राम्ररी हात धुने
– सम्भव भएसम्म मास्क लगाउने
– कसैसँग हात नमिलाउने, अङ्कमाल नगर्ने
– बाहिरको मान्छेसँग बोल्दा एक मिटर टाढाको दुरीमा बस्ने
– माछा, मासु राम्रोसँग पकाएर खाने
– सकेसम्म काँचो फलफुल नखाने
– घाममा बस्ने
घरबाहिर निस्किदा के गर्ने ?
– नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नफैलिएकोले सार्वजनिक गाडीमा हिँड्दा डराउनु पर्दैन
– घरबाहिर निस्किदा मास्क लगाउने
– बिहेको मौसम भए पनि धेरै भिडभाड नगर्ने, भोजभतेर नगर्ने
– जमघट हुने कार्यक्रम, सभा र सम्मेलन नगर्ने
– विदेशबाट आएको व्यक्तिमा विमानस्थलमा कुनै लक्षण नदेखिए पनि १४ दिनभित्र रुघाखोकी लाग्न सक्छ, रुघाखोकी लागे नआत्तिइकन अस्पताल जाने
(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेसँग विना न्यौपानेले गरेकाे कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाण्डे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक हुनुहुन्छ ।