अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
सुनसरी - सुनसरीको कोशी गाउँपालिका-१ लौकहीको मुसहर बस्तीकी सोनुदेवी सदाको १४ वर्षको उमेरमा विवाह भयो ।
विवाह भएको एक वर्षपछि उहाँले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिनुभयाे । अहिले सोनुकाे उमेर १७ वर्ष भयाे । उहाँकाे गर्भमा आठ महिनाको बच्चा छ।
मुसहर बस्तीकी आनन्दीदेवी ऋषिदेवको १३ वर्षकै उमेरमा विवाह भयो । विवाहको एक वर्षपछि उहाँको पहिलो सन्तानकाे रुपमा छोराको जन्मियाे । अहिले १६ वर्ष पुग्नुभएको उहाँकाे दुई वर्षीय छोरा छ ।
त्यसैगरी लौकही मुसहर बस्तीकै १८ वर्षीया कैली सदा डेढ वर्षीया छोरी र एक महिने छोराको आमा भइसक्नुभएको छ । उहाँको १३ वर्षकै उमेरमा विवाह भएको हो।
आनन्दीदेवी, कैली र सोनुदेवी यस ठाउँका प्रतिनिधि पात्र हुन् । अहिले पनि सुनसरीको ग्रामीण क्षेत्रमा कम उमेरमा विवाह हुने र १८ वर्षको हुँदासम्म आमाबुबा हुने क्रम जारी छ ।
सुनसरीको दलित बस्तीमा जनचेतनाको अभाव, कम उमेरमा विवाह गर्दा आमा र बच्चालाई हुने असरलगायतका विषयमा प्रभावकारी रुपले जानकारी नहुँदा दलित बस्तीमा कम उमेरमै विवाह हुने गरेको छ ।
'विवाहवारि २० वर्ष पारि' लगायतका नारा सञ्चारमाध्यममा मात्र हैन यससम्बन्धी गोष्ठी, सभा र सम्मेलनमा घन्किन थालेको धेरै भैसक्यो । विवाह पनि २० वर्ष पूरा भएपछि मात्र गर्नुपर्ने कानुनी प्रावधान छ । तर पनि दलित बस्तीका बालबालिकालाई कानुनी प्रावधानले खासै असर पारेको देखिँदैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।