अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
सर्लाही - सर्लाहीको बलरा नगरपालिकाका मेयर र उपमेयरले बेग्लाबेग्लै ठाउँमा कार्यालय स्थापना गरी काम गरिरहेका छन् ।
आपसी विवादका कारण मेयर अभयकुमार सिंह र उपमेयर रामसखी देवीले अलग-अलग ठाउँमा कार्यालय खाेलेपछि सेवाग्राही अलमलमा परेका छन् ।
उनीहरु बीचमा विवाद हुँदा नगरको काम कारबाही प्रभावित भएकाे छ भने नगरपालिकाको कार्यालय दुई स्थानमा सञ्चालन हुँदा नगरबासी सेवा लिन कहाँ जाने भन्ने अन्योलमा छन् ।
नगरपालिकाको आफ्नो कार्यालय हुँदाहुँदै मेयर सिंहले हथियौलको निजी घरमा कार्यालय राखेर नगरका गतिविधि सञ्चालन गरिरहनुभएको छ । यस्तै उपमेयरले नगरपालिकाकै कार्यालयमा आफ्नाे दैनिक कार्य सम्पादन गर्नुहुन्छ ।
मेयर सिंह र उपमेयर रामसखी राष्ट्रिय जनता पार्टीबाट निर्वाचित हुनुभएको हो ।
एउटै पार्टीबाट मेयर र उपमेयर निर्वार्चित भए पनि आपसमा राम्रो सम्बन्ध नहुँदा कार्यालय दुई स्थानमा राख्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन ।
पछिल्लो समयमा उपमेयर रामसखीले नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष तथा जनप्रतिनिधिको साथ लिएर मेयर सिंहको विरोध गर्नुभएको बताइएको छ ।
उहाँले मेयर सिंह एकलौटी ढङ्गले चलेको, नगरको विकासलगायतका काममा आफूहरुसँग समन्वय नगरेको आरोप लगाउनुभएको छ ।
‘आफूहरु नगरपालिकाको कार्यालयमा बसेर नगरबासीलाई सेवा प्रदान गरिरहेको भए पनि मेयर सिंहले आफ्नो गाउँमा लगेर नगरपालिकाको अर्को कार्यालय राख्नुभएको छ । आफ्नो मनोमानी निरन्तर गरिरहनुभएको छ’, उपमेयरले भन्नुभयो ।
मेयर सिंह भने आफूलाई नगरपालिकाको कार्यालयमा बसेर काम गर्न सक्ने वातावरण नभएको बताउनुहुन्छ । ‘आफूले काम सहज तरिकाले गर्न नपाएकोले नगरपालिकाको अर्को कार्यालय खोल्न बाध्य भएको हुँ’,मेयर सिंहले भन्नुभयो ।
उपमेयर र वडाध्यक्षले बिना कारण नगरको काममा अवरोध गरी पटक-पटक तालाबन्दी गरेकाे र आफूलाई त्यो स्वीकार्य नभएकाेले बाध्य भएर अर्को कार्यालय खोलेर नगरबासीको सेवा गरिरहेको मेयर सिंहको भनाइ छ ।
एउटै नगरपालिकाको कार्यालय दुई ठाउँमा सञ्चालन हुँदा मेयर, उपमेयर तथा वडाध्यक्ष भेट्न जाने नागरिक अलमलमा परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।