अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ - पशुपति क्षेत्रमा रहेका ११ ओटा शिवलिङ्गमध्ये चार ओटा स्थानीय व्यक्तिकाे घरभित्र रहेको पाइएको छ । पशुपति क्षेत्र विकास कोषले चार वटा शिवलिङ्ग मानिसकाे घरभित्र रहेको भन्दै संरक्षण गर्न गाह्राे भएको बताएको हो ।
प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत विश्व सम्पदामा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन समितिको बैठकमा हराएका शिवलिङ्गकाे अनुगमन गर्नेबारे छलफल भएकाे थियाे ।
समितिकी सभापति पवित्रा निरौला खरेलले शिवलिङ्ग व्यक्तिगत घरभित्र रहेको भन्दै पशुपति क्षेत्र विकास कोषले अनुगमन गर्नुपर्ने बताउनु भएको हो । व्यक्तिको घरभित्र शिवलिङ्ग भए पनि दर्शन गर्ने बाटो खुलाउनु उहाँले बताउनु भयो ।
कोषले सबै सम्पत्तिको खोजी गरी एकीकृत तथ्याङ्क राख्नुपर्नेमा उहाँले बताउनु भयाे । समितिका सदस्य सरलाकुमारी यादवले पनि शिवलिङ्ग व्यक्तिगत घरमा हुँदा व्यवस्थापन कसरी गर्ने भन्नेबारे योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
कोषले पशुपति क्षेत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै व्यक्तिगत घर, सडकलगायतका संरचनाका भएका कारण संरक्षण गर्न कठिन भएको जवाफ दिएकाे छ । कतिपय मन्दिर घरहरुबीचमा घेरिएको, कतिपय भूकम्पका समयमा क्षति हुँदा पुनःनिर्माण हुन नसकेका र कतिपय सत्तल संरक्षण आवश्यक रहेको कोषले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।