शिक्षण अस्पतालको सेवा मुग्लिन हाइवे अस्पतालबाट

 चैत ३, २०७६ सोमबार ८:५४:१७ | रासस
unn.prixa.net

काठमाण्डौ - त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना-५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालले उपलब्ध गराउने भएको छ ।

त्रिवि, शिक्षण अस्पताल तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका विशेषज्ञ चिकित्सकको नियमित सेवा सुविधा प्रविधीमार्फत उपलब्ध गराउने सहमति भएको मुग्लिन हाइवे अस्पतालले जनाएको हाे । 

अस्पताललाई दुई वर्षपछि शिक्षण अस्पतालको विस्तारित अस्पतालको रुपमा विकसित गरिने पनि सहमति भएको छ । मुग्लिन हाइवे अस्पताल गैरमुनाफामूखी च्यारिटी अस्पतालका रुपमा सञ्चालित अस्पताल हो । 

संस्थानका डीन प्रा.डा जगदिशप्रसाद अग्रवाल र हाइवे अस्पतालका अध्यक्ष रामबहादुर लामाले आइतबार सेवा आदान-प्रदान गर्ने सम्बन्धी सम्झौतामा  हस्ताक्षर गर्नुभएकाे हाे । 

नियमित घुम्ती विशेषज्ञ स्वास्थ्य शिविर, शैक्षिक तथा प्राज्ञिक तालीम, टेलिमेडिसिन प्लाटफर्मको अनुसन्धान तथा विकास, उपचाररत बिरामीको नियमित फलोअप र रुटिन चेकअपको सुविधा उपलब्ध गराइने पनि उहाँले बताउनुभयो । 

‘पहिलो चरणमा बिरामी भर्नाको समेत सुविधा सञ्चालन गर्ने गरी कार्याक्रम लागू गरिनेछ’, अध्यक्ष लामा भन्नुभयो । दुई वर्ष समयावधि रहने सम्झौताको दोस्रो चरणमा शिक्षण अस्पतालको  विस्तारित अस्पतालको रुपमा मुग्लिन हाइवे अस्पताललाई विकसित गरिने भएकोे छ । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया