अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै - नेपाल शिक्षक महासङ्घले यही चैत ६ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसइई० को सबै परीक्षा केन्द्रमा अनिवार्य स्वास्थ्य परीक्षण गराउन माग गरेको छ ।
महासङ्घका अध्यक्ष बाबुराम थापाले विश्वव्यापी संक्रमण भइरहेको ‘कोभिड–१९’ लाई सामना गर्दै परीक्षा सञ्चालनको विकल्प नभएकाले त्यसप्रति होसियार हुन विद्यार्थीलाई परीक्षा हलमा प्रवेश गराउनुपूर्व स्वास्थ्य परीक्षण गर्न-गराउन सरकार र शिक्षक समुदायलाई सुझाएको बताउनुभयो ।
अध्यक्ष थापाले महासङ्घको सोमबार सम्पन्न राष्ट्रिय कार्यसम्पादन समितिको बैठकले परीक्षालाई सतर्कतापूर्वक सञ्चालन गर्न सघाउने निर्णयसहित स्वास्थ्य परीक्षण अनिवार्य गराउन माग गरेको जनाउनुभयो । परीक्षामा साधारण र प्राविधिकतर्फ गरी चार लाख ८२ हजार २ विद्यार्थीले आवेदन दिएका छन् भने र एक हजार ९९४ परीक्षा केन्द्र तेकिएको छ ।
ललितपुरको रुद्रायणी मावि, खोकना परीक्षा केन्द्रका केन्द्राध्यक्षसमेत रहनुभएका अध्यक्ष थापाले परीक्षाका क्रममा विद्यार्थीलाई कुनै हतोत्साहित नगरी मर्यादित बनाइने पनि स्पष्ट गर्नुभयो । उहाँले परीक्षापछि पढाइ नहुने भएपनि कोरोनाका कारण विद्यालयमा शिक्षकलाई विदा दिनुनपर्ने सो अवधिमा शिक्षकले आगामी शैक्षिक सत्रको योजना तर्जुमा गर्न सुझाव दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।