अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
कैलाली - कैलालीको टीकापुरमा उत्पादन भएको मास्क किन्न भारतीयहरु आउन थालेका छन् ।
विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिरहेका बेला बजारमा मास्क अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट समेत मास्क खरिद गर्न टीकापुर आउन थालेका हुन् ।
टीकापुरमा महालक्ष्मी गार्मेन्टले उत्पादन गरेका मास्क थोकमा १५ रुपैयाँमा बिक्री गर्न थालेपछि भारतीय नागरिकसमेत मास्क खरिद गर्न नेपाल आउन थालेको उद्योगका सञ्चालक प्रकाश तिमिल्सिनाले बताउनुभयो ।
‘दैनिक १० जनासम्म भारतीय नागरिक मास्क खरिद गर्न यहाँ आउन थालेका छन्’, उहाँले भन्नुभयो, ‘एक जनाले ५० वटासम्म लिएर जाने गरेका छन् ।’
उहाँले दैनिक तीन हजार मास्क उत्पादन गरिरहेको जानकारी दिँदै भन्नुभयो, ‘पश्चिम नेपालका अधिकांश जिल्लाबाट मास्कको अर्डर आउन थालेको छ’, तिमिल्सिनाले भन्नुभयो, ‘हामीले अन्य काम रोकेर मास्क मात्र उत्पादन थालेका छौँ तर पनि माग पूरा गर्न सकिएको छैन ।’
मास्क उत्पादनमा ४० जना महिला कामदारलाई लगाइएको उहाँले बताउनुभयो ।
उद्योगमा कार्यरत महिलाले दैनिक २०० सम्म मास्क उत्पादन गरिरहेको बताएका छन् । उद्योगमा कार्यरत महिलाले रोजगारीसँगै आर्थिकरुपमा महिलालाई सशक्त बनाउन सघाएको बताएका छन् । उद्योगमा मुख्य प्रशिक्षकबाहेकका सबै कामदार महिला छन् । कैलालीमा सर्जिकल मास्क अभाव छ । भएका व्यापारीले पनि ४० रुपैयाँ प्रतिपिस बिक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ ।
‘मास्कका लागि लम्की बजारका धेरै मेडिकल धाए, तर पाउन सकेन’, लम्कीका राधेश्याम पाण्डेले भन्नुभयो, ‘पछि कपडा पसलमा मास्क पाए । मास्क लगाउँदा धुलो धुवाँबाट बच्न भए पनि सहयोग पुग्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।