अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ - नेपाल पत्रकार महासङ्घले काेराेना भाइरस (कोभिड -१९) को जोखिमलाई मध्यनजर गदै सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेको छ ।
शनिबार बसेको महासङ्घकाे केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाटै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गर्ने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले बताउनुभयो ।
सञ्चारकर्मीलाई कार्यालय आवतजावत गर्नका लागि सवारी साधनको व्यवस्था मिलाउन, सञ्चार माध्यम र सञ्चारकर्मीलाई इन्टरनेट, टेलिफोन र विद्युतजस्ता अत्यावश्यक साधनमा सहुलियत दिन सरकारसँग माग गर्ने निर्णय पनि गरेको विष्टले जानकारी दिनुभयाे ।
यस्तै बैठकले कोरोना भाइरसको सङक्रमणबाट बच्नका लागि संयमतापूर्वक सत्य, तथ्य र सचेतनामूलक सामग्री प्रकाशन, प्रसारण गर्न आमसञ्चार माध्यमलाई आग्रह गरेको छ ।
त्यसैगरी बैठकले नेपालमा भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि अपनाउनुपर्ने सावधानीबारे सञ्चार क्षेत्रको उत्तरदायित्वका सम्बन्धमा महासङ्घका तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
यसका लागि महासङघका तर्फबाट सञ्चार माध्यम र पत्रकारको दायित्वका सम्बन्धमा सामग्री तयार गर्ने, सुरक्षित रही सत्य र तथ्य सूचना प्रवाहको वातावरण निर्माण गर्न पहल गर्ने तथा गलत र भ्रमपूर्ण प्रचार हुन नदिन अनुगमन समिति समेत गठन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट बच्ने उपायसम्बन्धी सचेतनामूलक सामग्री प्रकाशन, प्रसारण गर्न आमसञ्चार माध्यमलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।