अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
कञ्चनपुर – ‘लकडाउन’ अन्तर्गत पश्चिमी सीमा नाका गड्डाचौकी बन्द गरिएपछि एक हजार आठ सय ४२ नेपाली नेपाल भित्रिएका छन् । सीमा नाका बन्द गरिए पनि भारतमा काम गर्ने नेपाली भित्रिने क्रम भने रोकिएको छैन ।
भारतमा होटेल, निर्माणसम्बन्धी कार्य लगायत बन्द भएपछि नेपालीहरु फर्कन थालेका हुन् । गएको चैत १० गतेदेखि सीमा नाका बन्द गरिएको हो ।
कोरोना भाइरस (कोभिड १९) जाँचका लागि पश्चिमी सीमा नाका गड्डाचौकीमा स्थापना गरिएको हेल्थ डेस्कका अनुसार गड्डाचौकी सीमा नाकामा सुरक्षाकर्मीको कडाइपछि भारतबाट आउनेहरु अन्य सीमा क्षेत्र भएर अवैध रुपमा छिर्ने क्रम बढेको छ ।
अवैध रुपमा सीमा नाका प्रवेश गर्नेहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइ हेल्थ डेस्कमा पु¥याएर स्वास्थ्य जाँच गराउँदै आएका छन् । भारतीय बजार खटिमासँग जोडिएको महाकाली नगरपालिकाबाट नेपाल भित्रिने क्रम बढ्न थालेपछि नाकामा नेपाली सेनाले निगरानी बढाएको छ ।
सेना सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले नाकामा कडा निगरानी गरिरहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायको जिकिर छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।