अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ - कोरोना भाइरसबाट बच्न घोषणा गरिएको ‘लकडाउन’का कारण मानव आश्रित प्राणीलाई पनि समस्या पर्न थालेका छन् ।
शहरी क्षेत्रमा आश्रय लिइरहेका बाँदर, कुकुर तथा बाच्छाबाच्छी चरम सङ्कटमा परेको अभियानकर्मी उत्तम पुडासैनीले बताउनुभयो ।
‘लकडाउन’का कारण मानिसको आवतजावत नहुँदा कसैले दाना नदिँदा पशुपति क्षेत्रलगायत ठाउँमा रहेका परेवा, बाँदर, सडकमा छाडा छोडिएका गाईका बाच्छाबाच्छी, कुकुर लगायत जीवजन्तु सङ्कटमा परेका हुन् ।
गोठाटारमा सडकमा छाडिएका गाईबाच्छा जम्मा गरेर संरक्षणको अभियान चलाइरहेका पुडासैनी, अबोध प्राणीलाई बचाउन पनि सरोकार भएका निकायको ध्यान जानुपर्ने बताउनुभयो ।
‘लकडाउन’का कारण गोठाटारमा संरक्षण गरिएका गाईबाच्छाका लागि खाद्यान्न सङ्कट नपरोस् भनी वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले एकबोरा पिठो हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो ।
बाच्छाबाच्छी संरक्षणका लागि गोठाटारका भरत सञ्जेलले पाँच हजार रुपैयाँ बराबरको दुई बोरा दाना र तीन बोरा भुसा प्रदान गर्नुभएको छ । कोरोनाको सङ्कट चुलिंदै जाने सम्भावना देखिएकाले बाच्छाबाच्छी खान नपाएर सडकमै मर्नसक्ने देखिएकाले यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मी पुडासैनीले माग गर्नुभएको छ ।
सडकमा ओत नपाएर जोखिममा रहेका बाच्छबाच्छीलाई संरक्षण स्थलसम्म ल्याउने व्यवस्था मिलाइदिन सुरक्षा निकायलगायत सबैमा उहाँले अनुरोध गर्नुभएको छ ।असहाय बाच्छाबाच्छी ल्याउँदा तिनलाई केही दिन पुग्ने खाद्यान्नसमेत ल्याई सहयोग गर्न अभियानले आममानिसमा आह्वान गरेको छ ।
२०७६ साल जेठ १ गतेदेखि अभियानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरपूर्वी भागको खाली चौरमा सडकमा छाडा छाडिएका ६५ गाईबाच्छालाई संरक्षण दिँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।