अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो हो भने अब महानगरीय प्रहरी कार्यालयको आवश्यक समन्वयमा अभावमा बस्न बाध्य सर्वसाधारणका लागि निःशुल्क खाद्यान्न उपलब्ध गराउने भएको छ ।
राहत वितरणका लागि विभिन्न बैंक तथा व्यवसायीसँग समन्वय थालिसकेको कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
उहाँले आफ्नै पहलमा आजदेखि अभियान सुरु गरेको जानकारी दिनुभयो । पहिलो चरणमा २५८ जनालाई पुग्ने खाद्यान्न सङ्कलन भइसकेको र आज वितरण गरिने पोखरेलले बताउनुभयो । मागका आधारमा तीनै जिल्लामा निःशुल्क राहत दिइने उहाँले बताउनुभयो ।
देशमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेपछि सरकारले अत्यावश्यक कामबाहेक बाहिर नस्निकन आदेश जारी गरेको आज छैठौं दिन हो ।
'लकडाउन'का कारण दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउने कामदार तथा विपन्न र गरिब परिवारमा समस्या बल्झिँदै छ । दैनिक दाताले दिएको सहयोगमा चल्ने आश्रम, संरक्षण केन्द्र र बाल तथा वृद्धाश्रममा समेत समस्याको चाङ चुलिएको छ । लकडाउन जति दिन बढ्छ उनीहरुको दैनिकी थप कष्टकर हुँदै जान्छ ।
‘मानवीयताका लागि जे सकिन्छ सहयोग गरौँ भनेर लागेका छौँ, कोही पनि भोकै बस्नु नपरोस् भनेर पैसाकै अभावमा भोकै बस्न बाध्य भएका नागरिकलाई निःशुल्क खाद्यान्न वितरण गर्न लागेका छौँ’ डीआइजी पोखरेलले भन्नुभयो ।
कसैले आफ्नो घरमा भएर पनि या किनेर खान सक्ने आए भने कारबाही गर्ने चेतावनी प्रहरीको छ । त्यसका लागि मातहतका प्रहरी प्रभाव र वृत्तले छानविन गर्न छन् । वास्तविक प्रभावितलाई मात्रै राहत दिइनेछ ।
‘समस्या हुनेले सिधै मलाई (मेट्रो वानमा) फोन गर्न सक्नुहुन्छ, प्रहरीको १०० नम्बर वा नजिकको प्रहरी कार्यालयमार्फत सम्पर्कमा आउन सक्नुहुन्छ, हामी राहत लिएर आउने छौँ’, पोखरेलले भन्नुभयो ।
‘हाम्रो अभियान भनेको हुँदै नभएका, अलपत्र परेका र किनेरसमेत खान नसक्नेका लागि हो, दाताको सहयोग नपाएर सञ्चालनमै समस्या परेका आश्रमका लागि हो’ पोखरेलले थप्नुभयो ।
उहाँका अनुसार आज एनआईसी एशिया बैंकको सहयोगमा झण्डै पाँच लाख बराबरको राहत वितरणको तयारी गरिएको छ । प्रतिपरिवार २५ किलो चामल, दुई किलो दाल, दुई किलो चना, एक किलो नून, आधा लिटर तेल र एक प्याकेट मसला प्याकेजका रुपमा राहत सामग्री वितरण गरिनेछ ।
अन्य बैंकबाट पनि सहयोगमा सहकार्य गर्ने जानकारी आएको र यो कार्यक्रमलाई लकडाउनको अवधिभर निरन्तरता दिने पोखरेलले बताउनुभयो । उपत्यकाको मातहतका प्रहरीलाई वास्तविक अभाव भएकाको विवरण ल्याउनसमेत भनिएको छ । राहत सामग्री प्रहरी आफैँले सुरक्षित तवरमा वितरण गर्ने जनाइएको छ । यो कार्यक्रम उपत्यकाको तीनै जिल्लामा लागू गरिएको छ ।
पैसा नभएर एक छाक खानबाट कोही पनि वञ्चित नहोउन् भनेर उनीहरुका लागि निःशुल्क खाद्य सामग्री वितरण गर्न लागिएको हो । प्रहरीले अभाव भएकालाई सम्पर्कमा आउन अनुरोधसमेत गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Alok saud
March 29, 2020, 7:04 p.m.उपत्यकामा त मेट्रोमा कल गर्ने बाहिरका जनताले कता कल गर्ने