हरेक मृत्युलाई कोरोनासँग नजोडौँ : स्वास्थ्य मन्त्रालय

 चैत १७, २०७६ सोमबार १८:९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरस (कोभिड–१९)सँग नजोड्न आग्रह गरेको छ ।

 गाउँघरमा कसैको ज्यान गए पनि कोरोनासँगै जोड्ने गरिएको भन्दै मन्त्रालयले सबै मृत्युलाई कोरोनासँग नजोड्न आग्रह गरेको हो । 

सोमबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले कोरोनाकै कारण मर्यो भन्ने हल्ला फैलाएका कारण मलामी नजाने गरेको खबर आएको भन्दै त्यसो नगर्न पनि आग्रह गर्नुभयो ।

उहाँले ५ देखि १० प्रतिशत नागरिकलाई मात्रै अस्तपालमा भर्ना गनुपर्ने भएकाले कारोनाका कारण ज्यान गुमाउनेको दर कम हुने बताउनुभयो । कुनै कारणवश ज्यान गए पनि कोरोनाकै कारण ज्यान गएको भन्ने भ्रम नराख्न आग्रह गरिएको छ । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण विदेशबाट फर्किएकाहरुमा मात्र देखिएको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म ९९३ वटा नमूना परीक्षण गरेकोमा पाँच जनामा मात्रै कोरोना पुष्टी भएको जानकारी दिनुभयो । यस्तै उहाँले चीनबाट ल्याइएको स्वास्थ्य परीक्षण लगायतका सामग्री सबै प्रदेशमा पुर्याइने बताउनुभयो ।

उहाँका अनुसार धनगढी, सुर्खेत र विराटनगरमा हेलिकोप्टरमार्फत सामग्री पुर्याइएको छ भने अरु जिल्लामा गाडीमार्फत सामग्री पठाइएको छ । यस्तै उहाँले कोरोनाको नमूना परीक्षण सबै प्रदेशमा पुर्याइने बताउनुभयो । धरानमा १९ वटा नमूना परीक्षण भइसकेको जानकारी दिँदै छिट्टै अरु प्रदेशमा पनि सेवा विस्तार गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • पुरुषोत्तम लामिछाने

    March 30, 2020, 6:27 p.m.

    सरकार को परिक्षणमा बिश्वास लाग्दैन किनकि स्वाब संकलन र त्यो स्वाब काठमाडौ सम्म पुग्ने समय के त्यतिन्जेल कोरोना निर्जीव बस्तुमा जिवित रहन्छ ? पक्कै रहदैन भन्ने मेरो भनाइ हो त्यसैले जतिपनी उपत्यका बाहिर को रिपोर्ट छ त्यो नेगेटिभ आएको हुनसक्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया