विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध
बैशाख १४, २०८१ शुक्रबार
दाङ - आफ्नो घरमा डेरा गरेर बसेकी नर्सलाई निकालेको आरोपमा प्रहरीले दाङमा एक वडा सचिवलाई पक्राउ गरेको छ ।
आफ्नो घरमा डेरामा बस्दै आएकी एक नर्सलाई घरबाट निकालेको आरोपमा घोराही उपमहानगरपालिका वडा नम्बर २ का सचिव नारायण आचार्यलाइ प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
कोरोना भाइरस सर्ने त्रासका कारण नर्सलाई घरबाट निकालेको उजुरीपछि वडा सचिवलाई सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घोराहीको एक निजी अस्पतालमा कार्यरत नर्सलाई वडा सचिव आचार्यले आफ्नो घर घोराही उपमहानगरपालिका वडा न १८ नवलपुरको घरमा डेरा दिएकोमा गत शनिबार कोठा खाली गर्न लगाएको आरोप छ ।
गएको मंसिरदेखि आचार्यको घरमा डेरा गरी बस्दै आएकी नर्सले डेराबाट निकालिएपछि घोराहीको एक होटेलमा बस्दै आएको दावी गरेकी छिन् ।